मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका दुर्गा प्रसाई पक्राउ

काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार राति भक्तपुरको ठिमीस्थित निवासबाट प्रहरीले पक्राउ गरेका छन्।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा भर्खरै सार्वजनिक पारेका प्रसाईंलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले पक्राउ गरेको पुष्टि भएको छ। उनी अहिले भद्रकालीस्थित प्रहरी परिसरमा राखिएका छन्।

प्रहरी स्रोतका अनुसार प्रसाईंले पछिल्ला दिनमा भड्काउने किसिमका अभिव्यक्ति दिँदै आएको र उनका गतिविधिले हिंसा निम्त्याउने सम्भावना देखिएकाले नियन्त्रणमा लिइएको हो। प्रसाईंले यातायातदेखि व्यवसायसम्म सबै क्षेत्र ठप्प पार्ने, मेची–महाकाली बन्द गर्ने र आन्दोलन रोकिने कुनै सम्भावना नभएको भन्दै निरन्तर चेतावनी दिइरहेका थिए।

देशको प्रतिष्ठासँग जोडिएको नेपाल प्रिमियर लिग (NPL) समेत रोक्ने चेतावनी उनले सार्वजनिक रूपमा क्यान अधिकारीहरूलाई दिएका थिए। प्रहरीले यिनै अभिव्यक्तिलाई सुरक्षा जोखिम मान्दै उनीमाथि जवाफदेहिताको प्रक्रिया अघि बढाएको छ।

सोमबार नै भक्तपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आफ्नो मागप्रति सरकारले बेवास्ता गरेकाले आन्दोलन नथाक्ने बताए। शान्तिपूर्ण आन्दोलन रोक्न कसैले नसक्ने दाबी गर्दै उनले वर्तमान सरकार चुनावमा मात्र केन्द्रित भएको आरोप लगाएका थिए।

प्रसाईं समूहले हिन्दू राष्ट्र, राजतन्त्र पुनःस्थापना र जनमत सङ्ग्रहको मागसमेत अघि सारेको छ। कात्तिक २६ गते गृह मन्त्रालयमा उनीहरूको एजेन्डा सम्बन्धी वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएका कारण आन्दोलनतर्फ उनी झनै कडा देखिएका थिए।

प्रसाईंको गिरफ्तारीसँगै मंसिर ७ को आन्दोलन र यसको सम्भावित प्रभावबारे देशभर व्यापक चासो बढेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।