यि हुन् इटहरीबाट प्रतिबन्धित र नियन्त्रित औषधी सहित पक्राउ परेका फार्मेसी संचालक दम्पती

सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका-१२ स्थितबाट ठूलो परिमाणको लागू औषध सहित फार्मेसी संचालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक ३० गते फार्मेसी पसलबाट लागू औषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले इटहरी-१२ का नसिव फार्मेसी संचालक ५० बर्षीय नसिव नारायण चौधरीको घर खानतलासी गर्दा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको प्रतिवन्धित औषधी ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको हो । उक्त परिमाणको लागू औषध बरामद भए सगै चौधरी र उनको श्रीमती सम्झना चौधरी समेतलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।