पञ्जीकरण विभागको वेबसाइट ह्याक, दुर्गा प्रसाईलाई २४ घण्टाभित्र छोड्न ह्याकरको अल्टिमेटम
काठमाडौ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट मंगलबार बिहानैदेखि ह्याक भएको छ।
विभागका कर्मचारीका अनुसार वेबसाइट नियन्त्रणबाहिर गएपछि हाल राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सबै सेवा ठप्प भएका छन्।
‘नेपाली फर नेपाल’ नाम प्रयोग गर्ने ह्याकर समूहले साइट ह्याक गरिएको घोषणा गर्दै आफूहरूलाई ‘राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था’ भनेर वर्णन गरेका छन्। उनीहरूले विभागको एडमिन प्यानल र सम्पूर्ण डाटामा पहुँच रहेको दाबी गर्दै एक चेतावनीसमेत छोडेका छन्।
सन्देशमा नागरिक बचाउ मा अभियानका अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईलाई २४ घण्टाभित्र रिहा गरिनुपर्ने माग राखिएको छ। माग पूरा नभए थप कदम चालिने संकेतसमेत ह्याकरको नोटमा उल्लेख गरिएको छ।


