‘नेसनल भोलेन्टिएर फोर्स’ घोषणा गर्दै एमाले

काठमाडौं । नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको कार्यक्रमको प्रमुख अतिथ्यता पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्।

पार्टीको जन संगठन संम्वयन संयन्त्रका प्रमुख भानुभक्त ढकाले नै १५ दिन अघि गुण्डुमा कार्यक्रम गरी कार्यदल बनाएका थिए। ९ कार्य समिति सदस्यसहित कार्यदलको संयोजकमा महेश बस्नेत थिए। उक्त कार्यदलले विधान, लोगो, झण्डा, कार्यसमिति, उदेश्य र भावी कार्यक्रमसहित छलफल गरेर नयाँ नेसनल भोलेन्टियर फोर्स निर्माण गरेको हो। अब यो फोर्ससहित नेकपा एमालेमा २४ वटा जनसंगठन रहने छन्।

एमालेमा युवा परिचालकका अनुभवी नेतृत्व मानिएका महेश बस्नेत हुन्। उनैका विस्वास पात्र युवासंघका पूर्वउपाध्यक्ष समेत रहेका पुष्पराज श्रेष्ठ फोर्सको संयोजक बन्दै छन्। श्रेष्ठ एमाले बागमती प्रदेस कमिटीका सदस्य पनि हुन्।

श्रेष्ठले नै ओली र बस्नेतको सुरक्षामा गुण्डुमा दैनिक सयौंको संख्यामा युवा परिचालन गरेका छन्।

नेकपा एमालेले यतीखेर चुनावको तयारी र संसद पुनर्स्थापना एकै पटक गरेको देखिन्छ। युवासंघलाई देशभर युवा जागरण अभियान सञ्चालन गर्न र सोही अभियानमार्फत युथफोर्स गठन गर्न युवा संघलाइ पार्टीले निर्देशन जारी गरेको छ।

अब बन्दै गरेको फोर्सले राष्ट्र, राष्ट्रियता, सार्वभौसत्ता लोकतन्त्र संविधान र जनताको रक्षाको निम्ती काम गर्ने बताइएको छ।

हजारौंको संख्यामा युवा परिचालन गरेर यो फोर्सको घोषणा यही मंसिर ५ गते कार्की ब्यंकुइट माइतीघरमा एक कार्यक्रमबीच ओलीले सम्बोधन गर्दैछन्।

संघका प्रवक्ता निरोज पौडेलका अनुसार यती खेर एमालेलाई सबै तिरबाट प्रहार भइरहेको छ। जनतासँग जोडिएको र तल्लो तहसम्म कमिटी भएको पार्टी भएकाले पार्टीमाथि घेराबन्दी भएको उनको जिकिर छ।

युवा केन्द्रित अभियान अन्तर्गत टोलटोलमा सुरक्षा समिति बनाउँदै वडा, पालिका र प्रदेशस्तरीय युथफोर्स गठन गरिने युवा संघका नेता पौडेलले बताए।

संगठनले देशैभरि पार्टीको नीति र नेतृत्वबारे रहेका भ्रमलाई चिर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध गर्न, पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अभियान चलाउन लागिएको प्रवक्ता पौडेलले जनाए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।