ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो जिप पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको संयुक्त निगरानीमा उक्त बोलेरोहरु पक्राउ परेका हुन् ।

फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट चेक जाँचको क्रममा चार वटा बलेरो जिप नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ना. १ ज १५८३ नम्बरको गाडी नम्बर यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा नदेखिएका कारण नियन्त्रणमा लिइएको हो ।

यस्तै को. १ ज ११११ नम्बरको बोलेरोको सवारी दर्ता किताबमा रहेको तर इन्जिन नम्बर सँगै गाडीमा भएको इन्जिन सँग मेल नखाएकोले पक्राउ गरिएको अधिकारीको भनाई छ । आर्को गाडी नम्बर ना. ३ च ३९२८ को इन्जिन नम्बर यातायात व्यवस्थापन कार्यालयको अनुमति नलिइ सञ्चालन गरेको पाइएको छ ।

साथै ना. २ च ७२९५ नम्बर भएको बोलेरोको सवारी दर्ता भएको तर इन्जिन सँग गाडीमा भएको इन्जिन मेलन नखाएको साथै गाडीको सावरी दर्तामा रातो रङ्ग उल्लेख भएको तर, गाडी सेतो रङमा सञ्चालन भइरहेकाले पक्राउ गरिएको हो । पक्राउ गरिएका सवारी साधनहरूलाई थप अनुसन्धानका लागि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीमा पठाइने छ ।

विषेश गरि पाथीभरा मन्दिरको सिजनका बेला जिल्लामा यस्ता सवारी साधनहरू सञ्चालनमा आउने गरेका कारण निगरानीलाई बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख अधिकारीले बताउँनुभयो । उहाँका अनुसार चार पाङ्ग्रे मात्र नभइ दुई पाङ्ग्रे सवारी साधनमा पनि निगरानी बढाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।