क्लाउड फेयर मर्मत गर्दा एक्स, च्याटजीपीटी सहित ७५ लाख वेबसाइटमा समस्या

काठमाडौँ। क्लाउड फेयर मर्मतसम्भार गर्दा चर्चित सामाजिक सञ्जाल एक्स, एआई च्याटजिपीटीसहित ७५ लाख वेबसाइटमा समस्या आएको छ।

क्लाउड फेयरले आफ्नो वेबसाइटमा सूचना राख्‍दै मंगलबार साँझ सवा ५ बजेदेखि समस्या आएको जनाएको छ ।

क्लाउड फेयरकार कारण सर्भर डाउनको जानकारी दिने वेबसाइट डाउन डिरेक्टर बन्द हुन पुगेको छ ।

क्लाउडफेयर एउटा इन्टरनेटमार्फत चल्‍ने इन्फ्रास्ट्रच्कटर कम्पनी हो जसले वेबसाइट तथा एप्लिकेशनहरूलाई द्रूत गतिमा सुरक्षित र भर्परदो बनाउन मद्दत गर्दछ। तर, अहिले क्लाउड फेयर नै मर्मत भइरहेका कारण संसारभरका क्लाउडफेयरमा चल्‍ने वेबसाइटहरू बन्द हुन पुगेका छन् ।

४३ प्रतिशत पोस्ट हेर्नमै समस्या

क्लाउडफेयर बन्द हुनाले संसारभरका एक्सको एउन्ट र एप्लिकेशनमा प्रयोगकर्ताहरूले चलाउन पाएका छैनन् । उनीहरूले एप्लिकेशन चलाउँदा समस्या भोगिरहेका छन्।

करिब ४३ प्रतिशत पोस्टसमेत हेर्नमा समस्या आएको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमले जनाएको छ।

यस्तै २३ प्रतिशत प्रयोगकर्ताहरू वेबसाइट प्रयोग गर्न समस्या भोगिरहेका छन् भने २४ प्रतिशत प्रयोगकर्ताहरूलाई वेब कनेशन गर्न पनि समस्या भइरहेको छ ।

क्लाउड आउटेज र सुरक्षा सतर्कता ध्यान दिनुपर्ने सूचना प्रविधि विज्ञ एवम् क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अअधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘क्लाउड फेयरको हालैको विश्वव्यापी आउटेजलाई गम्भीर सुरक्षा चेतावनीको रूपमा लिइएको छ। इन्टरनेट पूर्वाधारमा अत्यधिक केन्द्रीयता (Centralization) र ‘Single Point of Failure’ को जोखिमबारे तत्काल कदम चाल्न जरुरी छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।