अख्तियारको स्टिङ अप्रेसन : पर्साको नापी कार्यालयबाट एक लाख घुससहित दुईजना पक्राउ
काठमाडौं । सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिएको अरोपमा नापी कार्यालय पर्साका दुईजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
उनका अनुसार काठमाडौंको टंगालस्थित अख्तियारको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले मंगलबार स्टिङ अप्रेसनका क्रममा वीरगन्ज–३ स्थित नापी कार्यालयका सर्भेक्षक(अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरूण प्रसाद उपाध्यायलाई पक्राउ गरेको हो।


