सार्वजनिक भयो मोबाइल ग्यारेज, यस्ता छन् सुविधा

काठमाडौं । नेपालमै पहिलो पटक मोबाइल एपको माध्यमबाट सवारी मर्मतको सुविधा पाइने भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अब सवारी साधनमा आउने समस्या आफूले चलाउने मोबाइलको माध्यमबाट समाधान हुने जानकारी दिइएको हो ।

मोबाइल ग्यारेज नामक एप्लिकेशसन सञ्चालनको सुरुवात गर्दै आफूले चलाइरहेको जुनसुकै सवारी साधनमा समस्या आएकै ठाउँमा समाधान हुने जानकारी दिइयो । मोबाइल एप मार्फत सवारी प्रयोगकर्ताले मिस्त्रीको खोजी गरेर आमन्त्रण गर्न सक्ने र मिस्त्रीले सवारी बिग्रेकै ठाउँमा पुगेर मर्मत गर्न उपयोगी होस् भनेर यस्तो एप्लिकेसनको विकास गरिएको जानकारी दिइएको थियो ।

मोबाइल ग्यारेजका इन्जिनियर रतन विष्टले प्रस्तुतिकरण दिँदै यस एप्लिकेसनको सुविधाका बारेमा जानकारी दिएका थिए ।

एप्लिकेशनको सुरुवात गर्ने कार्यक्रममा विशिष्ट अतिथिको आनसनबाट बोल्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुबेदीले प्रविधिको सहयोग बिना मानिसहरुको दैनिकी नै अवरुद्ध हुने अवस्था आइसकेको बताउँदै मोबाइल ग्यारेज नामक एप्लिकेसनले सवारी साधनमा हुने समस्याको समाधानमा नयाँ आयाम ल्याउन सक्ने बताए । यस्तो एप्लिकेसनको माध्यमबाट सवारी साधनमा पर्न आउने समस्या समाधानमा लाग्दा ट्राफिक व्यवस्थापनमा पनि सहयोगी बन्न सक्ने भनाई उनको रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मोबाइल ग्यारेज एप्लिकेसन अत्यन्त प्रभावकारी हुने जानकारी दिए । आफ्नो अध्ययनको विषय पनि यातायात इन्जिनियर भएको हुँदा आफू सँधै यातायातकै विषयमा बोलिरहेको जानकारी दिए । नेपालमै पहिलो पटक यस्तो एप्लिकेसनको विकास गरेको देख्दा आफूलाई अत्यन्त खुसी लागेको समेत उनले बताए ।

कार्यक्रमको सभापतित्व गरिरहेका कम्पनीका अध्यक्ष ओमकार पौडेलले आफूहरुले धेरै लामो अध्ययन पश्चात यस्तो एप्लिकेसन बनाएको बताए । सवारी साधनमा अचानक समस्या आउँदाको समाधान मात्र नभइ यही विषयमा शिक्षा लिएर बेरोजगार भइ बस्नु परेका मिस्त्री तथा इन्जिनियरको रोजगारीमा समेत यसले प्रभावकारी भूमिका खेल्नेमा आफू ढुक्क रहेको भनाइ उनको रहेको थियो । यो एप्लिकेसन डाउनलोड गरेर उपयोग गर्न पनि उनले आग्रह गरे ।

सीपलाई समाधानसँग जोड्ने मोबाइल एपको उपमा दिइएको उक्त एप्लिकेसन सार्वजनिक समारोहमा अटो मोबाइल व्यवसायसँग सम्बन्धित अगुवा तथा इन्जिनियरहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । शनिबार सार्वजनिक भएसँगै सम्बन्धित सेवाग्राहीहरुले एप्लिकेशनको डाउनलोड गरी प्रयोगमा ल्याउन सक्ने भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।