झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, मंसिर ०९ गते । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ ।

मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर-१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर-१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सप्तरीको बोधेबर्साइनका दुर्गानन्द यादबलाई ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले रामधुनी-५ का सन्तोष राईलाई ६७ मिलिग्राम ब्राउन सुगर सहित र झापाको वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड-४ का दिलिप कुमार माझी र उनको श्रीमती रोमा राणालाई ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।