कामबाट निकालेको रिसमा उद्योगका प्रबन्धकको हत्या
सिमरा । बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण वेभरेज प्रालीका प्रबन्धक रामकिशोर सिंहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ का २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेका छन्।
सिंहको हत्या गरेर फरार भएका उनीहरूलाई प्रहरीले घटना भएको १८ घण्टामै नियन्त्रणमा लिएको थियो। भारतीय सीमा क्षेत्रबाट मंसिर १२ गते राति नै पक्राउ परेका उनीहरूलाई बारा जिल्ला अदालतबाट आइतबार ७ दिन हिरासतमा राख्ने अनुमति लिएपछि प्रहरीले सार्वजनिक गरेको हो।
काम बाट निकालेको रिसमा हत्या गरेको उनीहरुले बताएका छ्न ।


