धनकुटाबाट विराटनगरतर्फ जांदै गरेको पिकअप धरानमा दुर्घटना हुंदा एक जनाको मृत्यु,११ घाइते

सुनसरी । धरानमा पिकअप दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–१३ शिवधारा नजिक आज (शनिवार) साँझ धनकुटाबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश–१–०२–०० च ३८२६ नम्बरको पिकअप ब्रेक आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान भइसकेको छैन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

सबै घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घाईतेहरुको विवरण्हरु:

१. ईटहरी उमनपा ५ बस्ने वर्ष ४० को संजय पाल
२. दुहबी नपा ९ बस्ने वर्ष १९ को एम डि एकबाल राईन
३. मोरङ जिल्ला विराटनगर मनपा ७ बस्ने वर्ष २६ को रोशन कामत
४.ईटहरी उमनपा १ बस्ने वर्ष २० को दुर्गामणि चौधरी
५. ईटहरी उमनपा ४ बस्ने वर्ष १८ को शुभम रौनियार
६.. ईटहरी उमनपा २ बस्ने वर्ष १८ को प्रदिप कुमार दास
७. मोरङ जिल्ला विराटनगर मनपा ९ बस्ने वर्ष २२ को विशाल माझि
८. दुहबी नपा ६ बस्ने वर्ष २१ को आयुष चौधरी
९. मोरङ जिल्ला विराटनगर मनपा ९ बस्ने वर्ष २२ कि बेदा मिश्र
१०. उदयपुर जिल्ला ताप्ली गापा २ बस्ने वर्ष २८ को जीवन कुमार श्रेष्ठ (चालक)
११. मोरङ जिल्ला विराटनगर मनपा २ बस्ने वर्ष २६ कि अनु कामत
१ जनाको मृत्यु भएको निजको विवरण खुल्न नसकेको ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।