झापाको दमक स्थित तुलसी सहकारीमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ

झापा । झापा दमकको तुलसी बहुमुखी सहकारी संस्थाको कार्यालय मा हिजो राति आगो लगाई तोडफोड गर्ने चार जना पक्राउ परेका छन् ।

हिजो राति १.४० बजे दमक ९ स्थित हाल बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको सटरमा आगो लगाई तोडफोड गर्ने चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी ४ बस्ने २० वर्षीय आकाश खड्का ,दमक ९ बस्ने २५ वर्षीय आकाश सोरेन , धनकुटा पख्रिबास ८ बस्ने २२ वर्षीय सुजन दर्जी र उर्लाबारी १ बस्ने २१ वर्षीय विक्रम तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सटर फोड्न प्रयोग हुने फलामको औजार पिलास, फलाम काट्ने कैँची, काँटी उखाल्न प्रयोग हुने फलामको रड, हथौडा, पन्युँ र पेट्रोलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-बेतमा दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।