मधेश प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिपरिषद् विस्तार
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएलगत्तै तीन जनालाई मन्त्री पदको शपथ गराइएको छ ।
जसमा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।
अन्य दलका मन्त्री नियुक्ति गर्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।


