लेटाङमा बलात्कारपछि हत्या गरिएकी अंशु गौतमको दुई महिनापछि आज अन्तिम दाहसंस्कार गरिंदै
लेटाङ। मोरङको लेटाङ २ फडानीमा बलात्कार पछि हत्या गरिएकी १२ बर्षिया बालिका अंशु गौतमको २ महिनापछि अन्तिम दाहसंस्कार गरिने भएको छ ।
स्थानीय नवीन गौतम र भीमकुमारी गौतमकी १२ बर्षिय छोरी अंशु गौतमको अन्तिम दाह–संस्कार आज दिउँसो १ बजे चिसाङ गङ्गाघाट, लोखरामा गरिने छ।
शव बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट ल्याएर उनको अन्तिम संस्कार गर्न लागिएको हो ।
उनको हत्यामा संलग्न पक्राउ नपरे सम्म अन्तिम दाहसंस्कार नगर्ने अडानमा रहेको परिवारले हत्यामा संलग्न ब्यत्ति पक्राउ परेपछि अन्तिम संस्कार गर्न राजी भएको हो ।


