गोवाको भीषण आगलागीमा झापाका दुई जना सहित चार नेपालीको मृत्यु

झापा । भारतको गोवामा शनिवार मध्यरात भएको भीषण आगलागीमा परी दुई झापाली युवासहित चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

मृतकमध्ये भद्रपुर नगरपालिका–३, गोलेचोकका सविन खाती र कचनकवल गाउँपालिका, बगान नयाँ बजारका १९ वर्षीय सुदीप गुरुङ रहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्। कचनकवल–२ का वडाध्यक्ष लेखनाथ खत्रीका अनुसार सुदीप तिहारपछि होटेल म्यानेजमेन्ट अध्ययनका लागि गोवा गएका थिए।

सविन केही वर्षदेखि सोही नाइट क्लबमा सेफका रूपमा कार्यरत थिए भने उनी लामो समयदेखि गोवामा होटल तथा क्लब क्षेत्रमा काम गर्दै आएका थिए। सुदीपको मृत्यु भएको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले पुष्टि गरेका छन्।

भारतीय सुरक्षा अधिकारीहरूका अनुसार फायर–शो चलिरहेको बेला नाइट क्लबभित्र अत्यधिक भीड थियो। सुरु भएको केही मिनेटमै आगो फैलिँदा तथा घना धुवाँ भरिँदा ठूलो मानवीय क्षति भएको बताइएको छ। घटनामा कुल २५ जनाको मृत्यु भएको र तीमध्ये चार जना नेपाली रहेको भारतीय अधिकारीहरूले जनाएका छन्। अन्य दुई नेपालीको पहिचान खुल्न बाँकी रहेको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖