जेनजी आन्दोलनका क्रममा इलाममा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा १५ जना पक्राउ

इलाम । जेनजी आन्दोलनक्रममा भदौ २३ र २४ गते इलाममा भएको तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम, झापा र ताप्लेजुङका बासिन्दा रहेका छन्।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष टीकाराम चौहानसहित इलामका विभिन्न वडा वासिन्दा रहेका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीका अनुसार, पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

जेनजी आन्दोलनको क्रममा इलामका सरकारी कार्यालय, पार्टी कार्यालय, प्रहरी पोस्ट, निर्वाचन कार्यालय, नगरपालिका कार्यालय, माई नगरपालिकाका कार्यालय र नेपाली सेनाको अतिथिगृहमा व्यापक तोडफोड तथा आगजनी भएको थियो।

इलाम नगरपालिकाले अनुमान गरेको अनुसार नगरपालिका कार्यालयमा मात्र करिब पाँच करोड रुपैयाँको क्षति भएको छ। अन्य कार्यालयहरूमा मोटरसाइकल, गाडी, कम्प्युटर, फर्निचर, कागजात र झ्याल ढोकामा क्षति पुगेको छ।

आन्दोलनपछि जारी विज्ञप्तिमा जेनजी समूहले आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्ने बताए पनि तोडफोड र आगजनी भएको भन्दै विध्वंश मच्चाउनेको छानबिन गरी कारबाहीको माग गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।