उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एमाले नेताको मृत्यु
उदयपुर । उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एमाले नेताको मृत्यु भएको छ ।
जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शान्तिटोलमा बिपरित दिशाबाट आउदै गरेको मोटरसाईकलसँग ठोकिदा मोटरसाईकलमै सवार रहेका ५८ वर्षीय भक्तकुमार राईको ज्यान गएको हो ।
उनी एमाले निकट जनसांस्कृतिक मंचको चौदण्डीगढी नगर अध्यक्ष हुन् ।


