हितेन्द्रदेव शाक्यले सम्हाले कार्यभार

काठमाडौं, मंसिर २४ । सर्वोच्च अदालतले पुनर्बहालीको आदेश दिएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज कार्यभार सम्हालेका छन् ।

जेन-जी आन्दोलनपछि गत असोजमा बर्खास्तमा परेका शाक्यलाई सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले पुनर्बहाली गर्न आदेश दिएको थियो ।

सर्वोच्चले पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको ठहर गर्दै शाक्यको पक्षमा फैसला गरेपछि उनले आज बिहान १० बजे प्राधिकरण पुगेर कार्यभार सम्हालेका हुन् ।

उनले नयाँ कार्यभार सम्हाल्दै विद्युत् प्राधिकरण र मुलुकको हितमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।