मोरंगको लेटाङ ४ मा श्रम संस्कृति पार्टीको ३२ सदस्यीय वडा कमिटी गठन, भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ को प्रतिवद्धता

लेटाङ, २४ मंसिर। लेटाङ नगरपालिका–४ मा श्रम संस्कृति पार्टीले एक भव्य कार्यक्रमका बीच ३२ सदस्यीय वडा कमिटी गठन गरेको छ। संगठन विस्तारसँगै जनसम्पर्क अभिवृद्धि गर्ने लक्ष्यसहित गरिएको कार्यक्रममा स्थानीयवासी, युवादेखि वृद्धवृद्धासम्मको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले श्रम संस्कृतिलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्वीकार्न सकिने धारणा राखे।

नवनिर्वाचित कमिटीमा अध्यक्ष मिन राज राई, उपाध्यक्ष मिन कुमार राना मगर, उपाध्यक्ष डम्बर राई, सचिव लोकबहादुर राई, सहसचिव सृष्टि तामाङ, कोषाध्यक्ष दलबिर लावती लिम्बु लगायत विभिन्न पदाधिकारीलाई जिम्मेवारी तोकिएको छ। पार्टीले विविध समुदाय, उमेर तथा वर्गको सहभागिता सुनिश्चित गर्दै समावेशी नेतृत्व अघि सारेको जनाएको छ।

कार्यक्रममा श्रम संस्कृति पार्टी लेटाङ नगर अध्यक्ष ललित लिम्बुले पदाधिकारीहरूलाई शपथ ग्रहण करवाए। आफ्नो धारणा राख्दै उनले पार्टीलाई पारदर्शी, जनमुखी र सेवा–केन्द्रित बनाइने बताए।

उनले स्पष्ट रूपमा भने, “म कहिल्यै भ्रष्टाचार गर्नेछैन, र कसैले गरेको थाहा पाए तात्कालै कारबाही गरिन्छ।” उनको दृढ भनाइले कार्यक्रमस्थलमा उपस्थितहरू उत्साहित बने।

पार्टीले आगामी दिनमा जनसरोकारका विभिन्न कार्यक्रम वडाभर सञ्चालन गर्ने लक्ष्यसहित संगठन विस्तारलाई अझ मजबुत बनाउने घोषणा गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।