पूर्वमा पहिचान आधारित राजनीतिक दलहरूबीच एकता

झापा । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पूर्वमा पहिचान आधारित राजनीतिक दलहरूबीच लामो समयदेखि चल्दै आएको एकता प्रयास सफल भएको छ।

बुधबार झापाको बिर्तामोडमा आयोजना गरिएको कार्यक्रममा चार पार्टीहरू एकीकृत भएको औपचारिक घोषणा गरिएको हो।

राष्ट्रिय मुक्ति पार्टी नेपाल, कोचिला संघर्ष समिति, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र संघीय लिम्बुवान पार्टी नेपालबीच एकता गरी अब ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नाममै पार्टी सञ्चालन गर्ने सहमति जुटाइएको छ।

कार्यक्रममा कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजबंशी, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष मित्र लिङदेन, जनमुक्ति पार्टी ९एकता पक्षधर० का वरिष्ठ नेता सञ्जुहाङ पालुङवा तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो उपस्थित थिए।

एकतापछि अध्यक्षको जिम्मेवारी राजेन्द्र महतोले सम्हाल्ने छन् भने वरिष्ठ उपाध्यक्षमा सञ्जुहाङ पालुङवा रहने निर्णय गरिएको छ। त्यस्तै उपाध्यक्षमा क्रमशः मित्र लिङदेन र त्रिनारायण राजबंशी मनोनयन भएका छन्। तत्कालका लागि राष्ट्रिय मुक्ति पार्टीको विद्यमान विधान कार्यान्वयनमा लैजाने र विशेष राष्ट्रिय सम्मेलनमार्फत नाम, चिन्ह र झण्डामा आवश्यक संशोधन गर्ने तयारी रहेको उपाध्यक्ष लिङदेनले जानकारी दिए।

चारै पार्टीका संरचनामा रहेका पदाधिकारी तथा सदस्यलाई सहमतिका आधारमा नयाँ समितिमा जिम्मेवारी वितरण गरिने पनि कार्यक्रममा बताइएको छ।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता पालुङवाले फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने दाबी गरे। सरकारले आन्दोलनको जनम्याण्डेट बिर्सिएको आरोप लगाउँदै उनले निर्वाचन असम्भव भएको टिप्पणी गरे। साथै, हर्कराज राई नेतृत्वको राजनीतिक धारलाई संकेत गर्दै ४–५ सिट जितेर जाने दलहरूले फेरि अस्थिरता निम्त्याउने दाबी पनि गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖