विराटनगरमा ‘मानवअधिकार, निर्वाचन र सुशासन’ विषयक अन्तरपुस्ता संवाद

विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर विराटनगरमा ‘मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ ।

गैसस महासंघ मोरङ र एकल महिला समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले सुशासन भएमात्रै देशमा मानव अधिकार स्थापित हुने धारणा राखे ।

जेनजी आन्दोलनपछि मुलुक आर्थिक, सामाजिक र राजनैतिक रुपमा रुपान्तरणको बाटोमा अगाडि बढेको बताउँदै उनीहरुले परिवर्तनलाई आत्मसात गरेर देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार आयोगका प्रदेश प्रमुख वीरबहादुर बुढामगर र मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष वासु अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारेकी थिइन् । सो अवसरमा जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, जेनजी अगुवा प्रवेश दाहाललगायतले विषयवस्तुमाथि केन्द्रित रहेर आ–आफ्ना धारणा राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।