ताप्लेजुङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति पुनर्गठन
ताप्लेजुङ । ताप्लेजुङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति पुनर्गठन गरिएको छ।
समितिको अध्यक्षमा निमतेन्जि शेर्पालाई चयन गरिएको छ ।
त्यस्तै भेलालो सूचना तथा सञ्चार विभागको जिम्मेवारी दावा रेन्जि शेर्पालाई दिइएको छ । जिल्ला कार्य समिति ४५ सदस्यीयको रहेको छ ।
नयाँ नेतृत्व चयनसँगै श्रम संस्कृति तथा सामाजिक विकासका कार्यक्रमलाई अझ प्रभावकारी रूपले अघि बढाइने अध्यक्ष शेर्पाको भनाइ छ ।


