अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा अधिकारकर्मी सम्मानित

विराटनगर । ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानव अधिकार सञ्जाल मोरङले दुईजना व्यक्तिलाई सम्मान गरेको छ ।

मानव अधिकारका क्षेत्रमा दुई दशकदेखि योगदान पु¥याउँदै आएका गैसस महासंघ मोरङका सचिव नवराज निरौला र मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीलाई विशेष समारोह आयोजना गरेर सम्मान गरेको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिले विश्वबाटै मानवता हराउँदै गएको प्रसंग उठाए । मानवीय संवेदना कमजोर हुँदै गएको बताउँदै मेयर कोइरालाले सबै मिलेर मानवतालाई जागृत गराउनु आवश्यक रहेको औंल्याए ।

‘जन्मिसकेपछि एउटा व्यक्तिले खान पाउनु, लगाउन पाउनु, रोजगारी पाउनु जस्ता विषय पनि मानवअधिकार भित्र पर्दछन्,’ उनले भने, ‘मानवअधिकारको रक्षामा राज्य मात्र होइन, समाज पनि समान साझेदार हो । हामीले घर–आँगन, विद्यालय, कार्यस्थल, प्रशासन र राजनीतिको भाषामा मानवअधिकार बसाल्नै पर्छ । हरेक निर्णयमा नागरिकको हित केन्द्रमा राख्नै पर्छ । र हामीलाई थाहा छ, जब नागरिकको मर्यादामा चोट पुग्छ, तब लोकतन्त्र कमजोर पर्छ । जब मानवअधिकार सुदृढ हुन्छ, तब राष्ट्र बलियो बन्छ ।’

सबै मिलेर विराटनगरलाई मानवअधिकार–मैत्री शहरको उदाहरण बनाउन सामूहिक रुपमा लाग्नुपर्नेमा जोड दिए । उनले मानव अधिकार दिवसको अवसरमा मानव अधिकार सञ्जालले गर्ने कार्यक्रममा विराटनगर महानगरपालिकाले विगत लामो समयदेखि सहकार्य गर्दै आएको स्मरण गदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष वासु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख वीरबहादुर बुढामगर, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडाल, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय कोषाध्यक्ष मञ्जिला उपाध्याय, गैसस महासंघ कोशी प्रदेशकी अध्यक्ष विष्णु शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।