भोजपुरमा बोलेरो दुर्घटना, ११ जना घाइते

भोजपुर । भोजपुरमा बुधवार साँझ ५:४० बजे भोजपुरको षडानन्द नगरपालिका १२ दुखि डाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको छ । प्रहरि चौकि देउरालीमा सूचना प्राप्त हुनासाथ प्र.स.नि. पदम बहादुर श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

प्रहरीका अनुसार झ्याउपोखरीबाट तुकै जाँदै गरेको मे १ ज ३०६६ नम्बरको बोलेरो जिपको ब्रेक फेल भई करिब १५० मिटर तल खसी पल्टिएको हो। जिपमा चालक मोहन तामाङसहित ११ जना सवार रहेको खुलेको छ। दुर्घटनामा परेका सबैलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा खेमरा श्रेष्ठ, तेन्जिङ भोटे, अंकित चौधरी, रित्तेक्चुक भोटे, सङ्गीता कार्की, कमला श्रेष्ठ, कुमारी माया, मेनुका राई, जमबहादुर लिम्बु र विष्णु ढकाल घाइते भएका छन्। तीमध्ये सङ्गीता कार्की र कमला श्रेष्ठको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार चालक मोहन तामाङको टाउकोमा सामान्य चोट लागेको छ भने मापसे सेवन नगरेको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।