गोवामा भएको भीषण आगलागीमा परी ज्यान गुमाएका दुई झापाका युवकको शव ल्याइयो नेपाल

झापा । भारतको गोवामा भएको भीषण आगलागीमा परी ज्यान गुमाएका दुई झापाली युवाको शव स्वदेश ल्याइएको छ।

हिजो दिउँसो २ बजे भद्रपुर–५ स्थित मेची पुल हुँदै भद्रपुर ३ गोलेचोकका २० वर्षीय सबिन विक र कचनकवल–२ बालुबारीका २१ वर्षीय सुदिप गुरुङको शव झापा ल्याइएको हो। भारतीय नम्बर डब्लुबी ३७५ एएफ ३१५२ को एम्बुलेन्समार्फत आफन्तलाई शव बुझाइएपछि नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सुदिपको अन्त्येष्टि हिजै सम्पन्न गरिएको र सबिनको अन्त्येष्टि आज गरिने परिवारले जानकारी दिएका छन्। गत शनिबार मध्यरात गोवाको एक व्यस्त नाइट क्लबमा आगलागी हुँदा दुबैको मृत्यु भएको थियो। सुदिप तिहारपछि होटल म्यानेजमेन्ट अध्ययनका लागि गोवा गएका थिए भने सबिन केही वर्षदेखि सोही नाइट क्लबमा सेफका रूपमा कार्यरत थिए।

उक्त घटनामा चार नेपालीसहित २५ जनाको मृत्यु भएको भारतीय पक्षले जनाएको छ। अन्य दुई नेपालीको परिचय भने अझै खुल्न सकेको छैन।-आम संचार

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।