सहकारी ठगी सम्बन्धी रवि र छविको मुद्दा आज पनि ‘हेर्न नमिल्नेमा’

काठमाडौं, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दा आज पनि ‘हेर्न नमिल्नेमा’ परेको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो । न्यायाधीश विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेको कारण मुद्दाको सुनुवाइ स्थगित गरिएको बताइएको छ ।

रवि र छवि बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा छन् । उनीहरुले बिगो बराबरको धरौटी राखेर थुनामुक्त हुन माग गर्दै निवेदन दिएका थिए ।

लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गतेपछि निरन्तर सरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।