कोशी प्रदेश प्रहरी प्रमुखको स्थानिय संचारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम
विराटनगर, मंसिर २५ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्थानिय सञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।
मंसिर २५ गते एक कार्यक्रमको आयोजना विच घिमिरेले उपस्थित सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रहरीको दैनिक काम कारवाहीलाई निरन्तरता दिदै अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा कोशी प्रदेश प्रहरी सवल र सक्षम रहेको बताउनु भयो ।
वहाँले कोशी प्रदेशमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, ट्राफिक व्यवस्थापन, भन्सार छली चोरी निकासी नियन्त्रण, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणमा कडाईका साथ प्रहरी परिचालन गरिने बताउनु भयो ।
वहाँले भेटघाट कार्यक्रममा संचारकर्मीहरुबाट विविध बिषयमा उठेका जिज्ञासाहरुलाई प्रस्ट पार्नु भएको थियो भने अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको उतिकै महत्वपुर्ण भुमिका रहने हुँदा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक दिपक पोखरेलले उपस्थित संचारकर्मीहरुलाई स्वागत गर्नुका साथै कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक सुनम कुमार तिम्सिना सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


