नेकपा एमालेले बोलायो सचिवालय बैठक
काठमाडौ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।
एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो।


