कांग्रेस मोरङले गर्यो ६ वटै क्षेत्रका उम्मेदवार सिफारिस

मोरंग, २५ मंसिर । आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङले सबै ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका उम्मेदवार नामावली कोशी प्रदेश समितिमा पठाएको छ।

मोरङ–१ मा निवर्तमान सांसद डिगबहादुर लिम्बु प्रत्यक्षतर्फ मुख्य दाबेदारका रूपमा सिफारिस भएका छन्। उनीसँगै खड्गबहादुर फागो र दिव्या बस्नेतको नाम पनि पठाइएको छ। समानुपातिक तर्फ सीता कार्की र इन्दुदेवी चौधरी तथा राष्ट्रिय सभातर्फ ललित अधिकारीको नाम छ।

मोरङ–२ मा प्रत्यक्षका लागि डा. मिनेन्द्र रिजाल, शिवनारायण सिंह र नारायणी पण्डित सिफारिस गरिएका छन्। समानुपातिक तर्फ सुजता कोइराला र गोपालमानसिंह राजभण्डारी अगाडि परेका छन्।

मोरङ–३ मा प्रत्यक्षतर्फ डा. सुनिल शर्मा एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन् भने समानुपातिक सूचीमा विभिन्न समुदायका प्रतिनिधि समावेश छन्।

मोरङ–४ मा पूर्वमन्त्री महेश आचार्य सहित पाँच जनाको नाम प्रत्यक्षका लागि पठाइएको छ। समानुपातिक र राष्ट्रिय सभा तर्फ पनि विभिन्न नाम समेटिएका छन्।

मोरङ–५ मा प्रत्यक्षका लागि चार जनाको नाम सिफारिस हुँदा विशेष परिस्थितिमा अमृत अर्याललाई पनि उम्मेदवार बनाउन सकिने उल्लेख गरिएको छ। समानुपातिकतर्फ महिला र अन्य समूहको प्रतिनिधित्व हुने गरी नाम पठाइएको छ।

मोरङ–६ मा प्रत्यक्षका लागि डा. शेखर कोइराला एकल रूपमा सिफारिस भएका छन् भने समानुपातिक र राष्ट्रिय सभा तर्फ विभिन्न नाम समावेश गरी पठाइएको छ।

कांग्रेस मोरङले क्षेत्रीय समितिबाट आएका सूचीलाई अनुमोदन गर्दै प्रस्तुत नामावली प्रदेश समितिमा पठाएको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।