काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस सडकमै यसरी पल्टिएपछि…
काभ्रेपलाञ्चोक ! विपी राजमार्ग अन्तरगत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा रामेछापको सुनपातीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस (गा.प्र. ०३–००१ ख २५२६) दुर्घटना भएको छ।
चालक हीरा काजी श्रेष्ठले चलाएको उक्त बस अनियन्त्रित भई सडकबाट पल्टिएको प्रहरीले जनाएको छ।
बसमा करिब ३० जना यात्रु सवार रहेकामा ८ जना सामान्य घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालतर्फ पठाइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।
दुर्घटनाका कारण बिपी राजमार्ग दुवै तर्फ अवरुद्ध रहेको र यातायात सुचारु गर्न प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।


