प्रतिनिधिसभा सदस्यका लागि काङ्ग्रेस ताप्लेजुङद्वारा तुम्याहाङको एकल नाम सिफारिस

ताप्लेजुङ, मंसिर २६ गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यका लागि जिल्ला सभापतिसमेत रहनुभएका तुम्याहाङको एकल नाम सिफारिस गरिएको हो ।

मंसिर २५ गते बसेको संयुक्त बैठक र २६ गते बिहान बसेको जिल्ला कार्यसमिति ताप्लेजुङको बैठकले तुम्याहाङको नाम सिफारिस गरिएको काङ्ग्रेस ताप्लेजुङका प्रवक्ता विश्व नाल्बोले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकतर्फ खुल्लामा कोशी प्रदेशका पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गाम र पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल तथा महिलातर्फ कल्पनादेवी सिटौलाको नाम सिफारिस गरिएको छ ।

राष्ट्रिय सभातर्फ क्लष्टर अनुसार १० जनाको नाम सिफारिस गरिएको छ । यस्तै राष्ट्रिय सभामा खुल्लातर्फ मणि लामा, पदमसुन्दर पालुङ्वा, मात्रिकाप्रसाद शेर्पा, गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङ तथा अपाङ्गता भएका व्यक्तितर्फ तिलप्रसाद सुब्बाको नाम सिफारिस गरिएको छ ।

महिलातर्फ लिलादेवी बोखिम, मात्रिकादेवी प्रसाईँ कार्की, गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको छ ।-रेडियो काबेली

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।