सूर्य अंकित रातो ढाका टोपीमा सजिए एमाले महाधिवेशन प्रतिनिधिहरू
काठमाडौ । नेकपा (एमाले) का नेता, कार्यकर्ताहरू सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन्।
पार्टीको ११ औं महाधिवेशनको क्रममा शुक्रबार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधि सहितका नेता, कार्यकर्ताहरू सो टोपीमा सजिएका हुन्।
सो टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरूले आफूहरू उत्साहका साथ महाधिवेशनको तयारीमा जुटेको प्रतिक्रिया दिएका छन्।
सो टोपी पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले व्यवस्थापन गरेको हो।
सो टोपीबाट आएको मुनाफा विभागले आफ्नो वार्षिक रूपमा प्रकाशित हुँदै आएको पुस्तकमा खर्च गर्ने योजना बनाइएको विभागका सचिव एवं महाधिवेशन प्रतिनिधि सञ्जीव रोकाले बताए।


