कांग्रेसमा जेनजी पुस्ताको आकर्षण बढ्दै गएको कोइरालाको दाबी

विराटनगर । विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसप्रति जेनजी समूहको आकर्षण बढ्दै गएको बताएका छन् ।

गिरी फाउण्डेसनको संयोजनमा नेपाली कांग्रेस विराटनगर वडा नम्बर ८ वडा समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै उपसभापति कोइरालाले जेनजी समूहको असली अभिभावक कांग्रेस मात्रै भएको धारणा राखे । कांग्रेसको नेतृत्वमा देशका हरेक समस्या समाधान गरेको इतिहास कोट्याउँदै कोइरालाले अहिलेको देशको राजनैतिक संकट पनि कांग्रेसले नै समाधान गर्ने दाबी गरे ।

‘२००७ साल सालदेखिको इतिहास हेर्ने हो भने हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ । २०४६ साल, ६२÷६३ को जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान जारी गर्नेदेखि तीनै तहको शान्तिपूर्ण रुपमा निर्वाचन गर्ने पनि कांग्रेसले नै नेतृत्व गरेको छ,’ उनले भने, ‘अहिलेको राजनैतिक संकटको निकास पनि कांग्रेसले नै दिन्छ ।’

कांग्रेसले आफूले हारेर पनि जहिले पनि देश र जनताको उन्नतिका लागि काम गरेको स्मरण गराए । कोइरालाले नवप्रवेशीहरुलाई सकारात्मक सोचका साथ पार्टीको संगठनमा लाग्न आग्रहसमेत गरे ।

त्यस्तै महासमिति सदस्य तथा पूर्वराज्यमन्त्री दिलीप गच्छदारले राजनैतिक नेतृत्व मात्रै नभएर आर्थिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले गर्ने बताए । त्यस्तै अर्का महासमिति सदस्य विश्वनाथ रिजालले कांग्रेसले मात्रै देश र जनताको पक्षमा काम गर्ने दाबी गरे । उनले जेनजी आन्दोलनबाट पाठ सिकेर पार्टी नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

वडा सभापति सिर्जन आचार्य (मुकेश) को अध्यक्षतामा भएको कार्यक्रममा गिरी फाउण्डेसनका अध्यक्ष तथा समाजसेवी अभिषेक गिरीले युवा पुस्तामा कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको धारणा राखे । पार्टी प्रवेशको लहरले जेनजी समूहले कांग्रेसलाई विश्वास गरेको उनको भनाइ थियो । कांग्रेस बलियो भयो भने मात्रै देश र जनता बलियो हुने बताउँदै गिरीले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कोइरालासहित महासमिति सदस्यद्वय गच्छदार, रिजाल, क्षेत्रीय सभापति विनोद बस्नेत, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, क्षेत्र नम्बर ४ (ख)का सभापति सुबोध निरौला, सचिव सन्तनु रेग्मी, युवा नेता कृष्ण कार्की, मुकेश घिमिरेलगायतले अविर, खादा लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।