लेटाङकी स्वर्गीय अंशु गौतमको परिवारलाई जेनजी लेटाङको आर्थिक सहयोग

मोरंग । असोज २१ गते मृत फेला परेकी लेटाङ नगरपालिका–२ की अंशु गौतमको परिवारप्रति लेटाङ जेनजी समूहले गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ।

घटनाप्रति दुःख व्यक्त गर्न जेनजी समूहका प्रतिनिधिहरू स्वर्गीय गौतमको घरमै पुगेर परिवारजनलाई भेटी समवेदना पत्र हस्तान्तरण गरेका हुन्। सो अवसरमा समूहले पीडित परिवारलाई राहत स्वरूप १३ हजार ७ सय ५० रुपैयाँ नगद आर्थिक सहयोग समेत प्रदान गरेको छ।

जेनजी समूहका प्रतिनिधि रेहन सेखका अनुसार, उक्त आर्थिक सहयोग समूहका सदस्यहरूले व्यक्तिगत रूपमा संकलन गरी उपलब्ध गराइएको हो। दुःखको यस घडीमा पीडित परिवारलाई केही भए पनि सहयोग पुगोस र उनीहरूलाई मानसिक रूपमा साथ मिलोस् भन्ने उद्देश्यले सहयोग संकलन गरिएको उनले बताए।

समवेदना कार्यक्रममा जेनजी समूहले स्वर्गीय अंशु गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्न आग्रह गरेको छ। अचानक घटेको यस दुःखद घटनाले लेटाङ क्षेत्रलाई स्तब्ध बनाएको छ भने स्थानीय संघ–संस्था तथा सर्वसाधारणले समेत गौतम परिवारप्रति समवेदना व्यक्त गरिरहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।