एमालेको नेतृत्व चयनका लागि निर्वाचन शुरु, ओली र पोखरेलले गरे पहिलो मतदान

काठमाडौं, पुस २ । नेकपा (एमाले)मा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि दिउँसै सुरु हुने भनिए पनि विद्युतीय भोटिङ मेसिनमा कोडिङ मिलाउने काम आज मात्रै पुरा भएपछि मतदान सुरु हो ।

११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र इश्वर पोखरेलले मतदान गरेका छन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका छन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट मतदान गरेका छन् ।

महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग भएका छन् । महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिएको छ । एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् ।

हरेक प्रतिनिधिले निर्विरोध भएका उम्मेदवारबाहेकलाई मत दिनुपर्ने छ । ११ जना निर्विरोध रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । यस अवस्थामा एक जना प्रतिनिधिले कम्तीमा २ सय ९२ जनालाई मत दिनुपर्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।