हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गर्यो उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन

सुनसरी । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको छ। बबरमहल बम विस्फोट काण्डमा संलग्न देखिएको आरोपमा प्रहरीले तामाङलाई पक्राउ गरेपछि पार्टीले उनलाई कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष हर्क साम्पाङले प्रहरीले गरिरहेको अनुसन्धानमा कुनै किसिमको बाधा नपुगोस् भन्ने उद्देश्यले तामाङलाई तत्काल निलम्बन गरिएको जानकारी दिए। उनले अनुसन्धान टुंगो नलागेसम्मका लागि तामाङ पार्टीका कुनै पनि गतिविधि र जिम्मेवारीमा संलग्न नहुने स्पष्ट पारे। साम्पाङका अनुसार, राजनीतिक कारण देखाउँदै पक्राउ गरिएको भए पनि पार्टीले अनुसन्धान प्रक्रियामा सहयोग गर्ने नीति लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका राजकुमार तामाङ ‘विश्व क्रान्ति’ उपनामले चिनिँदै आएका व्यक्ति हुन्। उनी विगतमा संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा संलग्न थिए। सो संगठनमा रहँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग उनीमाथि लागेको छ। प्रहरीको दाबीअनुसार उक्त संगठनले २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित आयल निगम गेटमा बम विस्फोट गराएको थियो, जसमा तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए।

त्यस्तै, पाँचथरमा एक बालिकाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा पनि तामाङ मुछिएको प्रहरीको भनाइ छ। सो समयमा संयुक्त जातीय मुक्ति मोर्चा भूमिगत रूपमा रहेर हिंसात्मक गतिविधिमा संलग्न रहेको बताइन्छ। तामाङ यसअघि पनि पक्राउ परेर जेल चलान भएका थिए।

यद्यपि, प्रजातन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका कारण २०७६ फागुन ७ गते तामाङ रिहा भएका थिए। जेलमुक्त भएपछि उनी सक्रिय राजनीतिमा देखिँदै आएका थिए र हाल धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्षको जिम्मेवारीमा थिए।

हाल तामाङमाथि बम विस्फोटसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पार्टीले भने अनुसन्धानको निष्कर्ष नआएसम्म उनीसँग दूरी कायम राख्ने स्पष्ट संकेत दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।