पेटे दुखेपछि नोबेलमा भर्ना भएका प्रहरीका सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा अचानक पेट दुखेपछि उपचारका लागि भर्ना गरिएका नेपाल प्रहरीका एक जना सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ हरैँचा टोल घर भएका प्रहरी सहायक हवल्दार ३४ वर्षीय सरोज श्रेष्ठको मृत्यु उपचारका क्रममा मृत्यु भएको हो । इलामको प्रहरी चौकी फुइयातप्पा दरबन्दी भएका श्रेष्ठ इलामकै अस्थायी प्रहरी पोस्ट कालपोखरीमा कार्यरत थिए ।

डीएसपी चुँडालका अनुसार अचानक पेट दुख्ने समस्या देखिएपछि उनलाई उपचारका लागि मंगलबार नोबेल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले कलेजोमा समस्या भएको बताएपछि आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।

आईसीयूमा उपचाररत अवस्थामै बुधबार दिउँसो साढे २ बजेतिर सहायक हवल्दार श्रेष्ठलाई चिकित्सकले मृत घोषित गरिदिएका हुन् । प्रवक्ता चुँडालले घटनाका बारेमा थप बुझ्ने काम भइरहेको जानकारी दिइन् ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖