भोजपुरका एमाले युवा नेता राई श्रम संस्कृति पार्टीमा प्रबेश

काठमाडौ । एमालेको ११औँ महाधिवेशन चलिरहेका बेला भोजपुरका युवा नेता ध्रुवराज राई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका राई हालसम्म नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य थिए। उनले धरानमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रममा औपचारिक रूपमा एमाले त्यागेको घोषणा गर्दै अबदेखि श्रम संस्कृति पार्टीको राजनीतिमा सक्रिय हुने बताए।

कार्यक्रममा बोल्दै राईले एमालेभित्रको राजनीति कुर्सी र सत्तामुखी बन्दै गएको आरोप लगाए। केपी शर्मा ओलीलाई नेता मान्दा हर्क साम्पाङलाई नेता मान्न किन हिचकिचाउने भन्ने प्रश्न उठाउँदै उनले साम्पाङलाई इमानदार, देशभक्त र श्रमजीवीको प्रतिनिधि नेता भएको बताए। जनताले खुलेर आलोचना गर्न थालेको पार्टीमा बसिरहनु उचित नलागेको भन्दै उनले अब जनताको विश्वास र श्रमको राजनीतिमा आफू होमिएको स्पष्ट पारे।

राईले एमाले नेतृत्वले कार्यकर्ता र जनभावनाविपरीत काम गरिरहेको आरोप लगाउँदै प्रतिपक्षमा बसेर जनतासँग संवाद गर्नुपर्ने बेलामा सत्ताका लागि जोसँग पनि सम्झौता गर्ने प्रवृत्तिले पार्टी कमजोर बनेको बताए। चिया पसलदेखि सार्वजनिक स्थानसम्म एमालेको आलोचना सुन्नु पर्दा आफू प्रदेश कमिटी सदस्य हुँ भन्न पनि अप्ठेरो महसुस भएपछि पार्टी छाड्ने निर्णय गरेको उनले बताए।

३९ सालमा भोजपुरको नागीमा जन्मिएका ध्रुवराज राई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी भोजपुर बहुमुखी क्याम्पसमा दुई पटक स्ववियू सभापति बनेका थिए भने अखिलको केन्द्रीय सचिवालय सदस्यसम्म पुगेका थिए। २०६२/६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका खेलेका राई भोजपुरमा ‘आन्दोलनको छोरा’ भनेर चिनिन्छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धनलाई पराजित गरेपछि उनी ‘ध्रुवे हात्ती’ उपनामले चर्चित भएका थिए। सादा जीवनशैली, मोटरसाइकलमै हिँडडुल र जनतासँग नजिक रहने नेताको छवि बनाएका राई २०७९ को निर्वाचनमा भने कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। अब उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमार्फत नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।