एमाले महाधिवेशन :सकियो मतदान,केहीबेरमा एमालेले आज नयाँ नेतृत्व पाउँदै

काठमाडौ । नेकपा (एमाले)ले महाधिवेशनमार्फत नयाँ नेतृत्व पाउँदै छ। मंसिर २७ गतेदेखि सुरु भएको महाधिवेशन मतदान सुरु भएसँगै पार्टीको नेतृत्व चयन प्रक्रिया पूरा भएकाे छ ।

बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको मतदान अहिले सकिएकाे हाे।

एकजना व्यक्तिलाई भोट हाल्न औसतमा ४० मिनेट र अधिकतम् दुई घण्टासम्म लागेको छ। जारी महाधिवेशनमा १९ जना पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि मतदान भएकाे हाे।

यसमा भोट हाल्ने मतदाता दुई हजार २६३ जना छन् भने उम्मेदवार ६२२ जना छन्। बुधबार मतदान सुरु भएदेखि प्रतिघण्टा सयजना हाराहारीले भोट हालिरहेकाले दुई हजार २६३ जना प्रतिनिधिलाई भोट हाल्न करिब २२ घण्टा लागेकाे छ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ। यस्तै, महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल तथा ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन्।

दुई प्यानलबीच नेतृत्वमा प्रतिस्पर्धा हुँदा एमाले पदाधिकारी र केन्द्रीय कमिटीमा दुई प्यानलकै नेताहरू समावेश हुने देखिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको तर अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा छासमिसे नेतृत्व आउने दाबी गर्छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।