एमाले महाधिवेशन : सुरु भयो मतगणना,परिणाम आउन ३ घण्टा लाग्ने
काठमाडौ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भएको मतदानको गणना प्रारम्भ भएको छ ।
तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी मतगणना सुरु भएको एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।
निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका थिए ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको थियो।
सबै पदको नतिजा एकसाथ सार्वजनिक गर्ने आयोगको तयारी छ ।


