झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ।
बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करबि ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।
मृतकको सनाखत हुन नसके पनि भारतीय नागरिक हुनसक्ने आशंका रहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


