उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित

काठमाडौ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन्। हालै सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रिँदै उनले प्रभावशाली जित हात पारेकी हुन्।

सुनिताले राजधानी विशेष अन्तर्गत ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन्। उक्त कोटामा एक जना केन्द्रीय सदस्य आरक्षित रहेकामा उनले आफ्ना दुई प्रतिस्पर्धीलाई अत्यधिक मतान्तरले पराजित गर्दै विजय हासिल गरिन्। सुनिताले १६६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईं. राजन थापाले २२९ र सन्तोष खड्काले ३३० मत मात्र ल्याए।

यसअघि सुनिताले स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी थिइन्। पछि एमालेले उनलाई उपमेयरको टिकट दिएपछि उनी पार्टीबाट चुनावी मैदानमा उत्रिइन् र अत्यधिक मतका साथ उपमेयरमा निर्वाचित भइन्।

उपमेयरमा विजयी भएयता सुनिता एमालेको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएकी छन्। केन्द्रीय सदस्यमा उनको जितलाई एमालेभित्र युवा तथा महिला नेतृत्वलाई केन्द्रमा ल्याउने संकेतका रूपमा हेरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।