मोरङको लेटाङबाट लागुऔषध कारोबारमा संग्लग्न एक जना पक्राउ

मोरङ । मोरङको लेटाङबाट प्रहरीले २४ वर्षीय धीरज न्यौपानेलाई पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका–५ खेरुवा घर भएका न्यौपानेलाई प्रहरीले बिहीबार बिहानका राति पक्राउ गरेको हो ।

खेरुवा कुपटोलमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट असई अशोककुमार मेहताको नेतृत्वमा खटिएको टोलीले न्यौपानेलाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

उनका अनुसार घरअगाडिको बाटोदेखि पक्राउ परेका न्यौपानेको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) ९ ग्राम बरामद भएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।