लेटाङमा बसले ठक्कर दिँदा एक जना गम्भीर घाइते
लेटाङ । मदन भण्डारी राजमार्गअन्तर्गत लेटाङ ५ थापा चौक अगाडि आज भएको सवारी दुर्घटनामा लेटाङ–९ जाँतेका ५५ वर्षीय योगेन्द्र थापा गम्भीर रूपमा घाइते भएका छन्।
प्र. १–०१–००१ ख ४७०७ नम्बरको ‘दिप यातायात’ नामक बसले ठक्कर दिँदा थापा घाइते भएकाे बताइएको छ।
दुर्घटनापछि उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगेकाे स्थानीयले बताएका छन्।


