धादिङ र धनकुटालाई एभोकाडोका माध्यमले जोड्ने हेमराज छत्कुली

जीवनप्रसाद राई,धनकुटा । ज्वालामुखी गाँउपालिका धादिङका हेमराज छत्कुली पेशाले बिकासकर्मी हुन । खानेपानी, ग्रामिण बिकासमा लामो अनुभव बोकेका उनी राजनीतिक क्षेत्रमा समेत क्रियाशिल छन । नेपालमा अक्सर राजनीति गर्नेहरु उत्पादनशील क्षेत्रमा कमै देखिन्छन तर उनी यसमा अपवाद हुन । बिगत केही सालयता उनी प्राय काठमाण्डौ भन्दा धादिङ नै बस्न रुचाउँछन । यसो हुनुको एकमात्र कारण हो ब्यवसायिक रुपमा एभोकाडो खेतीमा होमिनु । उहाँलाई अहिले एभोकाडो म्यानको उपनामले समेत गाँउमा चिनिन थालेका छन ।

धनकुटा हिलेमा कार्यालय रहेको लंखाली कृषि परामर्श तथा तालिम केन्द्रले पाँचौपटक संचालन गरेको राष्ट्रिय एभोकाडो तालिममा ज्वालामुखी गाँउपालिकाका वडा अध्यक्षहरु कृष्ण गिरी र उमेश श्रेष्ठ लाई लिएर उहाँ सहभागी हुन आउनु भएको थियो । त्यतिबेला पछिल्लो बर्षादको समय थियो तालिम अवधिभर बर्षाद भईरह्यो । उक्त समयमा लंखाली कृषि परामर्श तथा तालिम केन्द्रले संचालन गरेको तालिम तथा परामर्श कार्यव्रmममा ब्यवहारिक अभ्यास तथा किसानहरुले गरिरहेको एभोकाडो खेतीलाई निकै नजिकैबाट अध्ययन गर्नु भएको थियो । यही कार्यव्रmम नै उहाँका लागि सबैभन्दा मार्गदर्शन बन्यो उहाँले सगर्ब बताउनु हुन्छ ।


उहाँका कारणले धनकुटा जिल्लाबाट धेरै मात्रामा एभोकाडोका बिरुवा र फल धादिङ अनि काठमाण्डौ गएको छ । ज्वालामुखी गाँउपालिकाले त एभोकाडोको परियोजना नै लागु गर्यो र बिरुवा धनकुटाबाट नै पुर्ति भएको थियो । एभोकाडोकै सिलसिलामा उहाँ धेरैपटक धनकुटा आईसक्नु भएको छ । दुई बिशाल एभोकाडोको बजार भएको शहरहरुको बीचको जिल्ला धादिङले एभोकाडोबाट धेरै र बहुरुपी फाईदा लिन सक्ने उहाँको बुझाई छ ।

एकातिर देशकै राजधानी काठमाण्डौ र अर्को गण्डकी प्रदेशको राजधानी पोखराको बीचमा धादिङ हुनु नै एभोकाडोका लागि अति धेरै संभावना रहेको भन्न सकिन्छ । यसैगरि एभोकाडो टुरिजमको समेत अत्यन्तै धेरै संभावना पनि बोकेको क्षेत्र हो धादिङ । यसैले उहाँको काम एभोकाडो रेपेर फलाउने मात्रै नभईकन एभोकाडोबाट कृषि पर्यटन समेत संचालन गर्ने रहेको छ ।

धनकुटा संग निरन्तर साईनो गाँसिरहन चाहनुहुने छत्कुली बहुप्रतिभाशाली ब्यक्तित्व समेत हुनुहुन्छ । नेपाली लोकदोहरीमा समेत पारंगत उहाँ नाच्न पनि ज्यादै सिपालु हुनुहुन्छ । कला, सस्कृतिलाई असाध्यै माया गर्नुहुने उहाँ एभोकाडो सहित नेपाली संस्कृतिलाई समेत प्रबर्धन गर्ने सोचमा हुनुहुन्छ । उहाँकै पहलमा ज्वालामुखी गाँउपालिकामा बाग्मती प्रदेशबाट भारी मात्रामा एभोकाडो लगायत कृषिमा लगानी भित्रिएको भनिएको छ ।

धनकुटा र धादिङ बीच सम्बन्ध जोड्ने हेमराज छत्कुलीको आगामी यात्रा सफल रहोस भनी हार्दिक शुभकामना ब्यक्त गर्दछौ । थप फराकिलो ढंगले धनकुटा र धादिङबीचको सम्बन्धलाई उचाईमा पुर्याउनका लागि उहाँलाई धनकुटाले निरन्तर सहयोग गर्ने नै छ ।


(नोट :लेखक राई एम ए, बि एड गरेका मुलतः कृषि पर्यटन अभियन्ता हुन । कृषि पर्यटन अभियान लिएर देशको ७७ जिल्ला पुग्ने पहिलो नेपाली हुन । पर्यटन ब्यवसाय अगालेका उनी हाल धनकुटा हिलेलाई कर्मक्षेत्र बनाएर काम गरिरहेका छन । उनका २३ पुस्तक प्रकाशित छन । -सह सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।