मोरङको बेलबारीमा कुटाकुट हुँदा दुई जना घाइते
बेलबारी। मोरङको बेलबारी नगरपालिका–४, बुधबारेमा पुरानो रिसइबीका कारण भएको झगडा तथा कुटपिटमा परी दुई जना घाइते भएका छन्।
बिहीबार राति करिब ९ः२० बजे स्थानीय १७ वर्षीय दिनेश थापा र ४३ वर्षीय ज्येष्ठबहादुर राईबीच झगडा हुँदा दुवै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते दुवैको अवस्था मध्यम रहेको छ। उनीहरूको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ।


