मोरङमा ७५० ट्याब्लेट लागूऔषध सहित २७ वर्षीय युवक पक्राउ
विराटनगर । मोरङको सुन्दरहरैँचाबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकका २७ वर्षीय समिर राईलाई ७५० ट्याब्लेट लागूऔषधसहित पक्राउ गरिएको हो।
कात्तिक ५ गते राति करिब ९ः५० बजे इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरी चेकिङ टोलीले शंका लागेर जाँच गर्ने क्रममा राईको साथबाट प्रतिबन्धित लागूऔषध SPAPAIN ३७० ट्याब्लेट र TRAMADOL ३८० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


