मोरङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बुढीगंगा गाउँपालिका–४ पोठियास्थित कोयलपुर–नेमुवा भित्री सडकखण्डमा कात्तिक ३ गते दिउँसो करिब ३ः२० बजे विपरीत दिशाबाट आउँदै गरेका प्रदेश १–०२–०४८ प ५६१० र को २७ प ८११७ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश १–०२–०४८ प ५६१० नम्बरको मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका–६ निवासी ४० वर्षीय बलदेवकुमार विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ।

शरीरको भित्री भागमा चोट लागेका विश्वासको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा कात्तिक ५ गते साँझ ७ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक सुन्दरहरैँचा नगरपालिका–२, मृगौलिया पत्थरघट्टा निवासी ३६ वर्षीय तिलककुमार चौधरी घाइते भएका छन्। उनको दायाँ हात र खुट्टामा चोट लागेको छ। चौधरीको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖