झापाको भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला
झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका–१० स्थित समावेशीटोलको भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको छ।
स्थानीयले खोलामा मानिस डुबेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थल पुग्दा अन्दाजी ५० देखि ५५ वर्ष उमेरका, हालसम्म नाम, थर र वतन नखुलेका एक पुरुष पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए।
मृतकको पहिचान तथा आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।
प्रहरीले घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।


