धनकुटाबाट पक्राउ परे जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार प्रतिवादी सांगुरीगढीका लिम्बु
धनकुटा,२ माघ । जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट गत भदौ २४ गते फरार भएका एक बन्दी धनकुटाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको सांगुरीगढी गाउंपालिका १ का ३३ बर्षिय बुद्दराज लिम्बु रहेका छन् ।
लागु औषध मुद्दामा झुम्का कारागारमा रहेका लिम्बुलाई खोजतलासको क्रममा गांउंघरमै लुकेर बसेको अवस्थामा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
जिप्रका धनकुटाको फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरी मुलघाटबाट प्रसनि टंक बहादुर थापाको कमाण्डमा खटिएको टोलीले लिम्बुलाई पक्राउ गरि झुम्का कारागर पठाईएको प्रहरीले जनाएको छ ।


